सांकेतिक तस्बिर

देश/प्रदेश

माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ

By खबरहब

January 31, 2024

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ का प्रकाश गुरुङ पक्राउ परेका छन् ।

गुरूङले एक जना बेरोजगार युवकलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक रु एक लाख २० हजार तलबमा काम लगाइदिने भन्दै पटकपटक गरी उक्त रकम ठगी गरेकाले निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।