सामाजिक सञ्जाल

बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो

By खबरहब

January 31, 2024

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् ।

उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् । हालै उनले फेसबुकमा गरेको टिप्पणी भाइरल भइरहेको छ ।

उनले बिगार्छु भन्नेहरुले गर्दा नभइ बनाउँछु भनेर झुटो बोल्नेहरुले गर्दा देश बिग्रेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो देश, बिगार्छु भन्नेहरुले बिग्रेको होईन । बनाउँछु भनेर झुटो बोल्नेहरुले हो ! !’