देश/प्रदेश

मन्त्री लिम्बूको पहलमा १२ वर्षपछि ‍स्काउटको निर्वाचन हुने

By खबरहब

January 31, 2024

काठमाडौं- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्ब‍ूले १२ वर्षपछि नेपाल स्काउटको निर्वाचन गराउने पहल थालेका छन् । उनको पहलसँगै नेपालको अग्रणी स्वयमसेवी संगठनको छवि बनाएको स्काउटको १२ वर्ष लामो संक्रमण अन्त्य हुने भएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

राजनीतिबाट अलग हुनुपर्ने विश्वव्यापी मान्यता बोकेको स्काउट अभियान कुनै समय नेपालका प्राय सबै विद्यालयमा पुगिसकेको थियो तर गणतन्त्र स्थापनापछि भने नेपाल स्काउट राजनीतिक खिचातानिको चंगुलमा फस्न पुग्यो ।

२०६८ सालमा निर्वाचन भएको समितिले २०७० मा राजीनामा दिएपछि नेपाल स्काउट विभिन्न सरकारले गठन गरेको तदर्थवादमा चल्दै आएको छ । यसैबीच मन्त्री लिम्बूले गत २०८० पुस २३ गते राष्ट्रिय परिषद्को बैठक बोलाएर स्काउटका तीनै तहको निर्वाचन तोकेका हुन् ।