खेलकुद

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

By खबरहब

March 31, 2024

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा अल टाईलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै अल नासरले जित निकालेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै अब्दुलरहमान घरीब र ओटाभियोले एक–एक गोल गरेका थिए । यता अल टाईका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए ।

यो जितपछि अल नासर २५ खेलबाट ५९ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अल हिलाल १२ अंकले अगाडि छ । पराजित भएको अल टाई २२ अंकका साथ १६औँ स्थानमा छ ।