देश/प्रदेश

विस्केट जात्राका लागि भैरवनाथको रथ तयार गरिँदै (फोटोफिचर)

By खबरहब

March 31, 2024

काठमाडौँ– काठमाडौँ उपत्यकाको भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने विस्का (विस्केट) जात्राका लागि भैरवनाथको रथ बनाउने काम सुरु भएको छ ।

यो जात्रा प्रत्येक नयाँ वर्ष सुरु हुनु चार दिन अघि र नयाँ वर्ष सुरु भएको पाँचदिनसम्म मनाइन्छ ।  प्यागोडा शैलीमा काठैकाठले बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

लिच्छविकालदेखि व्यवस्थित रूपमा मनाउन थालिएको यो जात्रा भैरवनाथ तथा भद्रकाली देवीदेवतालाई काठ तथा बेतबाट निर्माण गरिएको प्यागोडा शैलीको कलात्मक रथमा राखी घुमाइन्छ ।

भक्तपुर नगरभित्रका नेवार समुुदायले मनाउने यस जात्रामा तान्त्रिक विधिले निर्माण गरिएको श्रीभैरव र भद्रकालीको रथ तौमडीस्थित पाँचतले मन्दिर प्रांगणबाट क्वाँछे, कुमारीपाटी, साकोथा, सुकुलढोका, गोलमडी, गाःहिटी, भेलुखेल क्षेत्रसम्म तानेर पुर्‍याउने चलन छ ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौँ युवाले रथ तान्ने गर्दछन् ।