ब्रेकिङ स्टोरी

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

By खबरहब

March 31, 2024

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो २ बजे सभापति देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीको उपस्थिती रहनेछ ।

उक्त बैठकले इलाम २ को प्रतिनिधिसभा र बझाङ १ प्रदेशसभाको चुनावमा पार्टीबाट उठाउने उम्मेदवारको टुंगो लगाउनेछ ।