फोटो फिचर

इस्टर : जिसस क्राइस्ट बौरिएको दिन !

By खबरहब

March 31, 2024

काठमाडौं- क्रिश्चियन धर्मावलम्बीहरुले आइतबार देशभर इस्टर पर्व मनाएका छन् । यसअवसरमा काठमाडौंमा क्रिश्चियनहरुले  र्‍ याली निकाल्नुका साथै भृकुटीमण्डपमा भेला भएर उत्सव मनाएका छन् ।

मार्च महिनाको अन्तिम सप्ताहन्तमा क्रिश्चियनहरुले ‘गुड फ्राइडे’ मनाउँछन् । त्यसको तीन दिनपछिको आइतबार ‘इस्टर सन्डे’ मनाउने गरिन्छ ।

शुक्रबारका दिन जिजस क्राइस्टलाई क्रसमा टाँगेर हत्या गरिएको र तीन दिनपछि मृत्युबाट बौरिएको विश्वासका आधारमा इस्टर सन्डे मनाउने गरिएको हो । शुक्रबार दिउँसो ३ बजे जिससले अन्तिम पीडा सहेको विश्वास छ ।

इस्टरका दिन विश्वासीहरुको उपबास सकिन्छ र उनीहरु सामुहिक रुपमा खानपान गरेर खुशी साट्ने गर्दछन् ।

काठमाडौंमा इस्टरका केही झाँकीहरु–