समाचार

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

By खबरहब

May 31, 2024

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका छन् । स्वास्थ्यमा समस्या देखिए पछि नेता सिंह शुक्रबार नयाँ दिल्ली गएका हुन् ।

‘स्वास्थ्यमा केही समस्या देखिएपछि उपचारका लागि नयाँ दिल्ली जानु भएको हो,’ स्वकीय सचिव युपी लामिछानेले बताए । उनका अनुसार नेता सिंहको प्रोस्टेटको समस्या छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सिंहले सुरुमा वीर अस्पतालमा जाँच गराएका थिए । वीरले उनलाई मेडिसिटी हस्पिटलका लागि रिफर गरेको थियो । उक्त अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम सिंह उपचारका लागि दिल्ली गएका थिए ।

नेता सिंहका स्वकीय सचिव लामिछानेले जेठ २१ गते शल्यक्रिया हुने जानकारी दिए । नेता सिंह यसअघि वैशाख १२ गते दिल्ली गएका थिए ।