समाचार

महासंघलाइ मन्त्री शर्माको सुझाव- सहमतिकै आधारमा विवाद समाधान गर्नुहोस् 

By खबरहब

May 31, 2024

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहमतिकै आधारमा विवाद समाधान गर्न पत्रकार महासंघलाइ सुझाव दिएकी छन्  ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पत्रकार महासंघ जस्तो संस्थालाई सहमतिकै आधारबाट अघि बढाउँदै संस्थागत ढंगबाट अघि बढाए राम्रो हुने बताइन्  ।

महासंघको चुनावलाई देखिएका विषयहरूलाई हल गर्न आफूले महासंघका नेतृत्वका साथै विभिन्न संगठनका प्रमुखहरूलाई सुझाव दिएको उनले बताइन् ।

मन्त्री शर्माले आमसञ्चार लगाएतका विभिन्न ऐन कानूनहरु निकै पुरानो भएकाले समावेशीका विषय प्राथमिकतामा पर्न नसकेको बताइन् ।

विभिन्न नयाँ ऐन कानूनहरु निर्माण भइरहेको अवस्थामा समावेशीताको विषयलाई उच्च प्राथमिकता दिएर अघि बढाइने उनले बताइन् ।

उनले कानूनले गरेको व्यवस्था अनुसार विभिन्न निकाय तथा संस्थाहरूमा दलित प्रतिनिधित्वका लागि जागरणको आवश्यकता रहेको धारणा राखिन् ।