बलिउड/हलिउड

मलाइका अरोरा र अर्जुन कपुरको प्रेम सम्बन्ध टुट्यो

By खबरहब

May 31, 2024

काठमाडौं– बलिउड नायिका मलाइका अरोरा र नायक अर्जुन कपुरले प्रेम सम्बन्ध टुङ्ग्याएका छन् । भारतीय मिडिया पिंकभिल्लाको दाबीअनुसार उनीहरुले सहमतिमै प्रेम सम्बन्ध टुङ्ग्याएका हुन् ।

अर्जुन र मलाइकाको सम्बन्ध टुट्नुको कारण भने खुलेको छैन । यद्यपि उनीहरुले सहमतिमै सम्बन्ध तोडेको बताइएको छ । यो घटनापछि मिल्ने साथीकै रुपमा सार्वजनिक हुने गरी उनीहरुले छुटिएका हुन् ।

दुवैले सम्बन्धको बारेमा बोलेका छैनन् । उनीहरुले यसबारे सार्वजनिक स्थानमा मयार्दित भएर प्रस्तुत हुने सहमति भएको छ ।

डिभोर्सी नायिका मलिकासँग अर्जुन पछिल्लो पाँच वर्षदेखि खुलारुपमा प्रेम सम्बन्ध थिए । ४५ वर्षको जन्मदिनमा मलाइकाले प्रेमसम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

मलाइका र अर्जुनबीच १२ वर्षको उमेर अन्तर छ । यही कारण यो जोडी आलोचनाको सिकार बन्ने गरेको थियो । मलाइका नायक सलमान खानका भाइ अरबाजको पूर्वपत्नी हुन् । मलाइका र अरबाजको २१ वर्षीय छोरा छन् ।