समाचार

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

By खबरहब

July 31, 2024

दमौली– आर्थिक वर्ष २०८०-८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् ।

 सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । 

आव २०७९-८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ । आव २०७९-८० मारु ६६ लाख चार हजार एक सय ६५ राजस्व संकलन भएको थियो ।