फाइल : फोटो

समाचार

पहिरोले कालीगण्डकी करिडोर बन्द

By खबरहब

July 31, 2024

ढोरपाटन– अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए ।

दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।