समाचार

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

By खबरहब

July 31, 2024

ललितपुर– ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । 

रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो ।

बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको छ भने एमालेको पार्टी कार्यालयको सभाहल क्षेत्र समेत डुबानमा परेको छ । मुख्यालय परिसर जलमग्न भएका छन् ।