ब्रेकिङ स्टोरी

काठमाडौंको टेकु क्षेत्र डुबानमा (तस्बिरहरु)

By खबरहब

July 31, 2024

काठमाडौं– गएरातिको वर्षाले काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ। विष्णुमतीमा जलसतह बढ्दा आसपासका सडक तथा वस्ती जलमग्न भएका छन्।

रातभर परेको वर्षाले काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका नदी किनारमा क्षति पुर्‍याएको छ। 

वर्षाका कारण बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुलगायत खोलामा बाढी आएको छ। बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेका संरचना डुबानमा परेका छन्। 

रातभर परेको पानीका कारण बागमती किनार क्षेत्र डुबानमा परेको छ। बागमती करिडोरका टेकु, यूएन पार्क, च्यासल, बागमती–विष्णुमती दोभान क्षेत्र, बल्खुलगायत क्षेत्र डुबानमा परेको छ। वर्षापछि बुधबार बिहान बागमती किनारका सडक ढाक्ने गरी बाढी आएको थियो।