ब्रेकिङ स्टोरी

मीनभवन कलेजका प्राध्यापकको हत्या आरोपमा रञ्जन १७ वर्षपछि पक्राउ

By खबरहब

July 31, 2024

काठमाडौं– मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रन्जन खड्का छन् । खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेकाे हो ।

प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सविता अधिकारी नाम गरेकी महिलालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रमण भएको थियो ।

उक्त घटनामा यसअघि नै विनोद थापा र सवितालाई पक्राउ गरेको थियो । विनोद ०६९ सालमा पक्राउ परेका थिए भने सविता गत चैतमा पक्राउ परेकी थिइन्।

विनोद १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए ।

हाल पक्राउ परेका रन्जन, विनोदका मामाका छोरा हुन् ।