देश/प्रदेश

परराष्ट्रमन्त्रीसँग फिनल्याण्ड र इजिप्टका राजदूतको शिष्टाचार भेट

By खबरहब

July 31, 2024

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गरेका छन् ।

सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी अहमदले पनि मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा नेपाल इजिप्ट सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।