फाइल फोटो

आर्थिक

पेट्रोलियम पदार्थको मूल्य घट्यो

By खबरहब

July 31, 2024

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । भने झापा, विराटनगर जनकपुर लगायतका स्थानमा १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ निगमले जनाएको छ ।