समाचार

कास्यपदक विजेता गोवर्धनलाई प्रधानमन्त्री ओलीको बधाई

By खबरहब

August 31, 2024

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालबाट गोवधर्नलाई बधाई दिएका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न  के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । 

पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।