समाचार

पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइसक्यो : मन्त्री भट्टराई

By खबरहब

August 31, 2024

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिएकी छन् ।

१७ औं पुस्तकालय दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकको विषयलाई व्यवस्थित बनाउनका लागि पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार भइ छलफलको क्रममा रहेको जानकारी दिएकी हुन् ।

 त्यस्तै उनले २०६४ सालमा बनेको पुस्तकालय नीति अहिलेको सन्दर्भमा परिमार्जन गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको जिकिर गरिन् ।

उनले राज्य र पुस्तकालयलाई जोड्नका लागि ऐन आवश्यक भएकाले सरकारको ध्यान त्यसतर्फ गएको धारणा राखिन् । मन्त्री भट्टराईले पुस्तकालयको महत्वलाई जीवनको महत्वपूर्ण अंगको व्याख्या गरिएकाले राज्यले पुस्तकालयको दायित्व राज्यले लिने स्पष्ट पारिन् ।

कार्यक्रममा पुस्तकालय क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।