सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं– सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिपक्षी नेकपा समाजवादीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका सोडारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध एक करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जनको अभियोग लगाइएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed