मंसिर अन्तिम साता ११औं महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले मंसिर अन्तिम साता पार्टीको ११औं महाधिवेशन गर्ने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दिउँसो १२ बजेबाट सुरु भएको बैठक करिब ९ घण्टासम्म बसेको थियो। मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थानमा नै अहिलेसम्म तोकिएको छैन।