म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान | Khabarhub Khabarhub

म्याग्दीका पशुपालक किसानलाई आर्थिक अनुदान


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१–०८२ मा पशुपन्छी र माछापालक कृषकलाई ३८ लाख अनुदान वितरण गरेको छ ।

त्रिचालीस वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत ३८ लाख ७० हजार ७५ रुपैयाँ अनुदान पाएका हुन् ।

केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती प्रोत्साहन, दूध उत्पादन कृषकलाई उत्पादनमा आधारित, कृषि ऋणको ब्याज अनुदान, पाडापाडी हुर्काउने, बृहत्तर पशु विकास, मत्स्य पोखरी निर्माण तथा मर्मत, उपकरण र घुम्ती गोठ संरक्षणका लागि अनुदान उपलब्ध गराएको जानकारी दिए ।

सार्वजनिक सूचनामार्फत लाभग्राहीको आवेदन सङ्कलन, स्थलगत मूल्याङ्कन, मापदण्डको आधारमा छनोट भएका फर्म, समूह र सहकारीले कार्य सम्पन्न गरेपछि अनुदान वितरण गरिएको उनको भनाइ छ ।

घाँसखेती प्रोत्साहन कार्यक्रमबाट १२ वटा फर्मलाई चार लाख २२ हजार ७९० रुपैयाँ, नमस्ते र शुभकामना कृषि सहकारी संस्थामा आबद्ध गाईभैँसी पालक किसानलाई दूध उत्पादनमा आधारित नौ लाख ९९ हजार ९८० रुपैयाँ वितरण गरिएको छ ।

६ वटा फर्मलाई कृषि ब्याजमा ९९ हजार ९६०, कृत्रिम गर्भाधानबाट जन्मिएका पाडापाडी हुर्काएका १४ फार्म तथा किसानलाई दुई लाख २० हजार, बृहत्तर पशु विकास कार्यक्रममार्फत बेनपा–३ को बेलढुङ्गा र मङ्गला–३ को नमूना कृषक समूहले एक लाख ५० हजार रुपैयाँ अनुदान पाएका छन् ।

तीन/तीन वटा फार्मलाई मत्स्य पोखरी निर्माण तथा मर्मतका लागि ८५ हजार २१५ र एक लाख ५८ हजार १३० रुपैयाँ तथा अन्नपूर्ण गाउँपालिका– ५ को चौँरी स्रोत संरक्षण तथा प्रवर्द्धन समितिलाई घुम्ती गोठ निर्माणका लागि तीन लाख ८४ हजार रुपैयाँ उपलब्ध गराइएको केन्द्रले जनाएको छ ।

यसैगरी पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका वटै स्थानीय तहका कृषकले पालेका ८९ हजार ६५१ गाई, भैँसी, बाख्रा, भेडा र कुकुरलाई महामारीजन्य रोगविरुद्ध पाँच प्रकारका खोप लगाइएको केन्द्रका सूचना अधिकारी सुभास रेग्मीले जानकारी दिए । यसबाट दश हजार ९८१ घरधुरी कृषक लाभान्वित भएको उनको भनाइ छ ।

दश हजार १०८ गाई/गोरु, १६ हजार २८६ भैँसी/रागो र २८७ बङ्गुरलाई खोरेतविरुद्धको एफएमडी खोप लगाइएको छ ।

पाँच हजार ३३७ पशुलाई लम्पी स्किन र तीन हजार ३९७ कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको छ भने ४१ हजार ७१३ बाख्रा र ११ हजार १२९ भेडालाई पीपीआरविरुद्धको खोप लगाइएको केन्द्रका सूचना अधिकारी रेग्मीले बताए । (रासस) 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ११ : १७ बजे

कुनै समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको उद्देश्य हो : मन्त्री यादव

इटहरी– संघीय खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा रहेका कुनै पनि समुदाय

एमाले पोलिटब्युरो बैठक : उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष

पार्टीका नेता–कार्यकर्ताले सभापतिका रूपमा हेर्न चाहनुभएको छ : प्रकाशमान सिंह

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह काठमाडौँ निर्वाचन क्षेत्र

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

जनकपुरधाम– मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१-८२ मा लामो

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा पर्ने पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक