भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प  | Khabarhub Khabarhub

भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीचको पछिल्लो संघर्षका दौरान पाँचवटा लडाकु विमान खसालिएको दाबी गरेका छन् । शुक्रबार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको कुराकानीका क्रममा उक्त दाबी गरेका हुन् । 

तर, ट्रम्पले कुन देशका कति लडाकु विमानमा क्षति पुग्यो भन्ने बारे विस्तृत केही नखुलाएको बीबीसीले जनाएको छ । यसअघि पाकिस्तानलेसमेत भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो । 

भारतले भने पाकिस्तानको उक्त दाबीलाई खारेज गरेको थियो । गत मे महिनाको अन्तिमतिर भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानका तर्फबाट विमानमाथि पुर्याइएको भनिएको क्षतिको दाबीलाई अस्वीकार गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानलाई व्यापार रोक्ने चेतावनी दिएपछि दुबै देश संघषविराम गर्न तयार भएका पनि बताएको बीबीसीले जनाएको छ । मे महिनाको सुरुवातमा भारत–पाकिस्तानबीच सैन्य संघर्ष चलिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए । 

अमेरिकाले सोही कुराकानीलाई संघर्षविरामका लागि गरिएको प्रयासका रुपमा चित्रण गरेको थियो । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा सङ्घर्षविरामको घोषणा गरेका थिए । 

चालु जुलाई महिनाको सुरुवातमा भारतीय विदेशमन्त्री एस जयशंकरले एक अन्तर्वार्तामा पाकिस्तानसँगको सङ्घर्षविराम पूर्णतया द्विपक्षीय भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : २९ बजे

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई

कांग्रेसलाई गुट-उपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र देखिएको गुटउपगुटको अन्त्य गर्नुपर्नेमा

‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं’

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी

महाभारत गाउँपालिका अध्यक्षले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गृहमन्त्री

तरकारी र खसीबोका बिक्रीबाट महाशीलामा भित्रियो साढे तीन करोड

पर्वत– पर्वतको महाशिला गाउँपालिका किसानले तरकारी र खसीबोका बिक्री गरेर