सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइएको छ । हेमराजका भाइ पुष्कर धितालको तर्फबाट रेडियो तुलसीपुरका स्टेसन प्रमुख अर्जुन गिरी र प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गणेश आचार्यले शनिबार गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

रेडियो तुलसीपुरका अध्यक्ष रहेका हेमराजको २०७६ साल साउन ६ गते अपरान्ह तुलसीपुर १२ जसपुरमा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।  

ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्रीले अपराधीलाई कारवाही गर्नु राज्यको कर्तव्य भएको भन्दै हेमराजका हत्याराको पहिचान गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिने प्रतिवद्धता जनाए ।

‘१५ वर्षसम्म पनि हत्यारा पत्ता नलाग्नु दुःखद हो ।’ गृहमन्त्री लेखकले भने ‘ढुक्क हुनुस्, यस घटनामाथि तत्काल गम्भीर अनुसन्धान गरी कारवाही गर्न आइजीपीलाई निर्देशन दिन्छु ।’ 

यो घटना अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले गरिरहेको छ । सीआईबीले अनुसन्धान थाले पनि अनुसन्धानमा उपलब्धि भने शून्य भएको मृतक हेमराजका भाइ पुष्करको गुनासो छ । उनका अनुसार प्रहरीले हालसम्म हत्याराको स्केच समेत तयार पार्न सकेको छैन् ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : ४८ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन