नाइजरमा दुई भारतीय नागरिकको हत्या  | Khabarhub Khabarhub

नाइजरमा दुई भारतीय नागरिकको हत्या 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी अफ्रिकी मुलुक नाइजरमा चरमपन्थी आक्रमणमा परी दुई भारतीयको मृत्यु भएको छ । जुलाई १५ (अरास ३१) मा भएको चरमपन्थी आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।

नाइजरमा रहेको भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर) मा लेखेको छ, ‘नाइजरको डोसो क्षेत्रमा १५ जुलाईमा भएको एक आतंकवादी आक्रमणमा दुई भारतीय नागरिकको मृत्यु भयो । एक भारतीय नागरिक अपहरणमा परेका छन् ।’ 

भारतीय दूतावासले नाइजरमा रहेका सबै भारतीय नागरिकलाई सतर्क रहन आग्रह पनि गरेको छ  । 

‘शव भारत पठाउन र अपहरणमा परेका नागरिकको सुरक्षित रिहाईका लागि स्थानीय अधिकारीहरू सम्पर्कमा छन्,’ दूतावासले भनेको छ, ‘नाइजरमा सबै भारतीयलाई सतर्क रहन सल्लाह दिइन्छ ।’

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ०६ बजे

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान