काठमाडौं– शनिबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ५३ औं वार्षिक दिवस मनाइएको छ ।
सो अवसरमा त्रिवि कर्मचारी संघ डिनको कार्यालय इकाई समितिद्वारा आयोजित रक्तदान तथा वृक्षारोपण कार्यक्रममा अमर लामाको नेतृत्वमा ६५ जना युवाहरूले टिचिङ अस्पताल पुगेर रक्तदान गरेका छन् ।
नेपालकै ठूलो र सुलभ हस्पिटल टिचिङ्गमा देशैभरिका अधिकांश बिरामीहरू यस हस्पिटलमा उपचारार्थ रहेको हुँदा गरीब निमुखा सर्वहारा बिरामीहरूलाई रगतको सँधै आवश्यक पर्ने हुनाले उनीहरूलाई पनि राहत मिलोस् भन्ने हेतुले टिचिङ हस्पिटल पुगेर रक्तदान गरेको नेपाल तरुण दल केन्द्रिय सदस्य युवा नेता गोविन्द पौडेलले जानकारी दिए ।
युवाहरूले दोश्रो पटक अस्पतालमा पुगेर रक्तदानमा भाग लिएको हुन । पहिलो पटक ५५ जना युवाहरूले रक्तदान गरेको कुरा युवा व्यवसायी गणेश श्रेष्ठले बताए ।
प्रतिक्रिया