काठमाडौं – नायिका सनिशा भट्टराई एभरेस्ट वुमन्स भलिबल लिग अन्तर्गतको टिम ‘पोखरा निन्जाज’को ब्रान्ड एम्बेस्डर बेनकी छन् ।
उनी एम्बेस्डर नियुक्त भएको टिमले शनिबार सार्वजनिक गरेको हो ।
नायिका भट्टराई पोखराकी नै हुन् । आफ्नो जन्म भूमिको प्रतिनिधित्व गर्ने टिमसँग जोडिन पाउँदा उनी उत्साहित छन् ।
उनी भन्छिन्, ‘म नयाँ जिम्मेवारीमा छु । महिला भलिबललाई नयाँ उचाइ दिन मेरातर्फबाट हर प्रयास गर्नेछु । राम्रो खेलाडीहरु हुनुहुन्छ । उहाँहरुलाई प्रोत्सहानको जरुरी छ । यही कुरामा मेरो ध्यान केन्द्रित छ ।’
यो लिग सेप्टेम्बर भदौ २० देखि २८ गतेसम्म चल्ने आयोजकले तालिका सार्वजनिक गरेको छ ।
सनिशा म्युजिक भिडियो हुँदै ठूलो पर्दामा आएकी नायिका हुन् । उनले गत वर्ष दशैंमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट ठूलो पर्दामा डेब्यू गरेकी हुन् ।
कलाकारिताको छोटो समयमै उनी विभिन्न ब्रान्डसँग सहकार्य गर्ने सफल नायिकामा उनी गनिन्छिन् ।
प्रतिक्रिया