‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ | Khabarhub Khabarhub

‘घरेलु हिंसापीडित’ एलिनालाई नायिकाहरूको साथ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विष्णु सापकोटाले डिभोर्सबारे मौनता तोडेपछि गायिका एलिना चौहानका ‘आफू घरेलु हिंसामा परेको दाबी’ले थप चर्चा पाएको छ ।

राष्ट्रिय कलाकारहरूले ‘एलिना घरेलु हिंसामा परेको’ विषयलाई निन्दा गरेका छन् । केहीले उनलाई सहानुभूतिसमेत दिएका छन् ।

गत शुक्रबार विष्णुले डिभोर्सबारे एक प्रेस नोट जारी गरेका थिए । डिभोर्स र एलिनाको आरोपबारे रक्षात्मक बन्दै उनी यस घटनाबाट मानसिक तनावमा पुगेको दाबी गरेका थिए ।

उनले आफूलक्षित नकारात्मक टिप्पणी गर्नेविरुद्ध कानुनी उपचारमा लागेको बताएका थिए । अस्ट्रेलिया र नेपाल दुवै स्थानमा कानुनी प्रक्रिया थाल्ने उनको चेतावनी थियो ।

विष्णुको चेतावना सिधा एलिना लक्षित भएको स्पष्ट छ । किनभने उनीलक्षित सार्वजनिकस्थानमा टिप्पणी गर्ने एलिना हुन् ।

चेतवानीलगत्तै एलिनाले सम्बन्धमा रहँदा विष्णुको हिंसाबाट पीडित नीलडामसहितको अनुहारको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

यही तस्बिरहरू सेयर गर्दै नायिकाहरू एलिनाको पक्षमा उभिएका हुन् । आफूपीडित पुष्टि गर्ने नीलडामसहितको तस्बिर सार्वजनिक गर्नुपर्ने अवस्थामा एलिना पुगेको विषयालाई बेनिशाले निन्दा गरेकी छन् ।

उनले प्रश्न गरेकी छन्, ‘कति पटक एउटी महिलाले आफैँलाई प्रमाणित गर्नुपर्ने ? ऊ पटक–पटक भन्छे, उसले त्यो परिस्थिति भोगकी हुँ भनेर । तर हामी विश्वास गर्ने साटो उसकै सत्यतामा प्रश्न गर्छौं । के उसले आफ्ना नीलडाम देखाउनुपर्छ प्रमाणका लागि ?’

त्यस्तै, नायिका एलिजा गौतमले एनिलाको उक्त तस्बिर सार्वजनिक गर्दै ‘हामी तिम्रो साथमा छौँ एलिना’ लेखेकी छन् ।

एलिना अकल्पनीय घटनाबाट पार भएको नायिका गरिमा शर्मा दुखित छन् । उनले लेखेकी छन्, ‘यो सबै भोगेकी छौं भन्ने लागेको थिएन । यो देखेर दुख लाग्यो ।’

त्यस्तै नायिका स्मिता लामिछानेले एलिनालाई यो घटनाका लागि ‘बलियो बन्न’ सुझाव दिएकी छन् ।

कलाकार कुशुम शर्माले एलिनामाथिको यो ‘हिंसा’लाई मौन बसेका पीडित महिलाहरुको प्रतिनिधिमुलका घटना लिएकी छन् ।
उनले लेखेकी छन्, ‘तिमी हरेक मौन महिलाहरुको आवाज हौं ।

०००

एलिना चौहान अहिले गायकीभन्दा व्यक्तिगत विषयले बढी चर्चामा छिन् ।

एलिना र विष्णु सापकोटाको सम्बन्ध ९ महिनामा टुट्यो । गत वर्षको वैशाखका यी दुईले लगनगाँठो कसेका थिए ।

यही कारण तनावमा रहेकी एलिना व्यक्तिगत विषयले मिडियामा आइरहेकी छन् ।

डिभोर्सको केही समय पूर्वपतिप्रति मौन बसेकी एलिना अहिले सार्वजनिक स्थानमा विष्णु लक्षित टिप्पणी गर्दै आएकी छन् ।

उनले मिडियामा आफ्नो सम्बन्ध अन्त्य हुनका कारण घरेलु हिंसा रहेको बताउँदै आएकी छन् ।

अर्थात्, विष्णुले नीलडाम बस्ने गरी पिट्ने गरेपछि आफूले कानुनी प्रक्रियाबाट सम्बन्ध टुङ्गाएको एलिनाको दाबी छ ।

विष्णु भने यस विषयमा प्रेस नोटमार्फत् बालेका छन् । त्यसपछि एलिनाले नीलडामसहितको अनुहारको तस्बिर राख्दै विण्णुलाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएकी छन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ३ : ११ बजे

ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी

इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु

जकार्ता- इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुबाहक पानीजहाजमा आगलागी

स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा

रसुवा– गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

काठमाडौं– सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी