पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए | Khabarhub Khabarhub

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार अफगानिस्तान फर्किएका छन् ।

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८१ परिवार पाकिस्तानबाट र बाँकी एक हजार ४९५ परिवार ईरानबाट अफगानिस्तान फर्किएका हुन् ।

सीमाविन्दुमा उनीहरूलाई आवश्यक सहायता तथा सेवाहरू प्रदान गरिएकोे रिपोर्टमा उल्लेख छ ।
पछिल्ला केही महिनादेखि अफगान शरणार्थीहरू स्वदेश फर्किने क्रम तीव्र बन्दै गएको छ, किनभने ईरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगानी नागरिकहरूलाई देश छाड्न आग्रह गरेका छन् ।

गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थी फर्किसकेका छन् । केवल जून महिनामा मात्र करिब ६ लाख अफगान शरणार्थी ईरानबाट फर्किएको रिपोर्ट गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ४९ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो