राजावादीलाई लिङ्देनको आग्रह- राजाको जन्मदिनमा सहभागी बनाैँ « Khabarhub

राजावादीलाई लिङ्देनको आग्रह- राजाको जन्मदिनमा सहभागी बनाैँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई सँगसँगै लैजाने पार्टीको नीति रहेकाले तदअनुरुपको कार्ययोजना बनाइ क्रियाशील हुन पार्टीको विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

अध्यक्ष लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूसँगको बैठकमा विभागीय गतिविधि, पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरू लगायतका विविध विषयमा छलफल गरेका छन् । त्यसअवसरमा उनले विभिन्न विभागका गतिविधि र भावी योजनाबारे ब्रिफिङ समेत लिएका छन् ।

बैठकमा अध्यक्ष लिङ्देनले ठूला र पुराना दलहरुप्रति जनताको विश्वास खस्कँदै गएको र नयाँ भनिनेहरू पनि दिशाविहीन भइरहेको अवस्थामा राप्रपा जनभावना अनुरूपको भरोसायोग्य शक्ति बन्नसक्ने दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । राप्रपा आन्दोलनमा छ, पार्टीका हरेक गतिविधिहरू आन्दोलन केन्द्रीत हुनेछ, अध्यक्ष लिङ्देनले भने ।

राप्रपाले यसपटक राजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनको एउटा अङ्गको रुपमा मनाउने र पार्टीका सबै संयन्त्रलाई राजाको जन्मदिनमा सरिक हुन सर्कुलर समेत गरेको छ। राजा र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्नु राजसंस्था पक्षधरहरूको धर्म हो, सोही अनुरूप राप्रपाले यसपटक राजाको जन्मदिनलाई विशेष ढंगबाट मनाउन लागेको हो, सचिवालयका एक सदस्यले भने ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १२ बजे

नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह

तनहुँ– तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति

रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने

हेटौँडा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन आजदेखि सुरु

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ– मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले