पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज बिहान उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका हुन् । शाह नियमित जाँचका निम्ति अस्पताल भर्ना भएका बताइएको छ । शाहको पेसमेकर परिवर्तन गर्नेबारे चिकित्सकहरू परामर्शमा छन् । शाहले यसअघि पटक पटक हटर्याट्याकको सामना गरेका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed