काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा घरदैलो अभियानलाई तीव्र बनाएकी छन् । मंगलबार बिहानदेखि सुरु गरिएको घरदैलो कार्यक्रममा उनले विभिन्न टोलका बासिन्दासँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताबारे छलफल गरिन् ।   घरदैलो अभियानमा समर्थक र स्वयंसेवकको उल्लेख्य उपस्थिति रहेको थियो ।   तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी