Live on
Your Voice, Your Power
एजेन्सी– युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । युभेन्टसले सिरी ‘ए’ प्रतिद्धिन्द्धी नेपोलीलाई २–० ले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो । स्टेडियो मापेइमा बुधबार राति भएको खेलमा ६४औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । इन्ज्युरी समयको पाँचौँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्टसलाई २–० जित सुनिश्चत गर्दै उपाधि दिलाए ।