Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको जानकारी दिएको हो ।