समाचार Archives | Page 851 of 7840 | Khabarhub Khabarhub

रक्षामन्त्री उप्रेतीसँग ३५ कट्ठा जमिन, २५ तोला सुन

काठमाडौं - रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको बरहथवा नगरपालिका-४ मा साढे ३५ कठ्ठा जमिन रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्‌ । उप्रेतीले २५ तोला सुन र श्रीमतीको नाममा १६ लाख मूल्य पर्ने गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्‌ । नेकपा (एमाले)का नेतासमेत रहेका मन्त्री उप्रेती सर्लाही-३ बाट विजयी सांसद् हुन्‌ ।