फाइल तस्वीर

ब्रेकिङ स्टोरी

निर्वाचन आयोगले विधेयकबारे प्रधानमन्त्रीसँग छलफल गर्ने

By खबरहब

November 22, 2023

काठमाडौं– चुनावको मितिसमेत तोक्ने गरी तयार भएको निर्वाचनसम्बन्धी विधेयकबारे निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘ब्रिफिङ’ गर्ने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरूको टोलीले बुधबार गृहमन्त्रीसँग निर्वाचनसम्बन्धी विधेयकबारे छलफल गरेको थियो । आयोगले तयार पारेको मस्यौदालाई अघि बढाउन गृहमन्त्रायले सकारात्मक रुपमा लिएको र यसबारे प्रधानमन्त्रीसँग थप छलफल गर्न सुझाएको आयोगका एक पदाधिकारीले खबरहबलाई जानकारी दिए । 

आयोग स्रोतले भन्यो, ‘प्रस्तावित विधेयकमाथि आज गृहमन्त्रालयमा छलफल भयो । अब प्रधानमन्त्रीसँग थप छलफल गर्ने कुरा भएको छ । प्रधानमन्त्रीले समय दिएपछि भोलि वा पर्सि यसबारे थप छलफल हुन्छ ।’

निर्वाचन सम्बन्धी कानूनहरूको मस्यौदा निर्वाचन आयोगले गर्ने संवैधानिक व्यवस्था छ । आयोगले तयार पारेको विधेयक गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमार्फत् संसदमा पेश हुन्छ । यो पनि पढ्नुहोस्

यो पनि हेर्नुहोस्

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते