निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते | Khabarhub Khabarhub

निर्वाचन आयोगको प्रस्ताव : आगामी चुनाव २०८४ कात्तिक २९ गते


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नै तोकेर नयाँ कानूनको मस्यौदा तयार पारेको छ । आयोगले सरकारलाई बुझाएको मस्यौदा अनुसार कानून बनेमा आगामी आम निर्वाचन २०८४ साल कात्तिक २९ गते आइतबार गर्नुपर्ने हुन्छ ।

आयोगले निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत रुप दिने तयारी गरेको छ । हाल कायम रहेका ९ वटा कानुनलाई ३ वटामा झार्ने आयोगको तयारी छ । यसका लागि तीनै तहका चुनाव र राष्ट्रपति, उपराष्ट्रपतिको चुनावलाई पनि एउटै कानुनले समेट्ने गरी आयोगले मस्यौदा तयार पारेर गृहमन्त्रालयमा पठाएको छ ।

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । यो हिसाबले आगामी चुनावको मिति कुन होला ? क्यालेन्डर हेरौं–

यसअघिको आम चुनाव ०७९ मंसिर ४ गते सम्पन्न भएको थियो । चुनावको अन्तिम परिणाम भने आयोगले मंसिर २७ गते घोषणा गरेको थियो । यस आधारमा आगामी २०८४ साल कात्तिक २७ गते शुक्रबार प्रतिनिधिसभाको कार्यकाल ४ वर्ष ११ महिना पूरा हुन्छ ।

आयोगको प्रस्ताव मान्य भएमा त्यसको पहिलो आइतबार अर्थात् कात्तिक २९ गते प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम भने २०७९ पुस २ गते घोषणा गरेको थियो ।

यो हिसाबले २०८४ मंसिर २ गते प्रदेशसभाको ११ महिना पूरा हुन्छ र त्यसको पहिलो आइतबार मंसिर ६ गते प्रदेशसभाको चुनाव गर्नुपर्ने हुन्छ ।

प्रस्तावित विधेयकमा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि प्रस्ताव गरिएको छ ।

रामचन्द्र पौडेल ०७९ फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनको पदावघि ०८४ फागुन २५ गते सकिन्छ । त्यसको तीनदिन अघि अर्थात् ०८४ फागुन २२ गते राष्ट्रपतिको चुनाव गर्नुपर्ने हुन्छ ।

त्यस्तै, उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव ०७९ चैत ३ गते निर्वाचित भएका थिए । उनको पाँचवर्षे कार्यकाल ०८४ चैत ३ गते सकिन्छ । आयोगको प्रस्ताव अनुसार त्यसको तीन दिनअघि चुनाव गर्ने हो भने ०८४ चैत १ गते उपराष्ट्रपतिको चुनाव गर्नुपर्ने हुन्छ ।

यो पनि

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

आज २०८१ साल जेठ ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३ गते बिहीबार तदनुसार

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले