समाचार

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन

By खबरहब

April 01, 2024

काठमाडौँ– रुसी सेनामा भर्ना भएका नेपालीको जीवन रक्षाको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

रुसी सेनामा भनाइ भएका, ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले आज बिहान सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित एकदर्जन बढीलाई पक्राउ गरेको छ ।

उनीहरूले बेपत्ता भएका तथा सेनामा कार्यरतलाई स्वदेश फर्काउन पहल गरिदिन तथा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु