रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि « Khabarhub

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

मल कारखाना र हाइड्रोमा लगानी गर्न अर्थमन्त्री पुनको आग्रह


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जिम्मेवारी सम्हालेलगत्तै नेपालका लागि रुसका राजदूत अलेक्सेई नोभिकभसँग सम्पर्क गरेर रुसी सेनामा अवैधरुपमा भर्ना भएका नेपालीलाई फिर्ता गराउने प्रक्रियामा सहयोग गर्न आग्रह गरेका थिए । तर, राजदूत अलेक्सेईले बुधबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा जे जवाफ दिए, त्यसले नेपालीहरुलाई फिर्ता गर्न रुस अनिच्छुक रहेको प्रष्ट भएको छ ।

रुसी राजदूत अलेक्सेई बुधबार अर्थमन्त्री पुनलाई बधाइ दिन र आगामी लगानी सम्मेलनका विषयमा छलफल गर्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेका थिए । भेटमा अर्थमन्त्री पुनले रुसी सेनामा कार्यरत नेपालीहरुको फिर्ती र मृतकको शव हस्तान्तरणसम्बन्धी प्रशंग पनि कोट्याए ।

नेपाली युवाको फिर्तीबारे राजदूत अलेक्सेईले अर्थमन्त्री पुनलाई दिएको जवाफ उल्लेख गर्दै पुनको सचिवालयले भन्यो,‘राजदूत नोभिकभले रुसले उनीहरुलाई बोलाएर भर्ती नगरेको बताए । भारत र दुबईस्थित विभिन्न मुलुकबाट अवैधरुपमा गएका नेपालीहरु स्वेच्छाले भर्ना भएको उनले बताए ।’

अर्थमन्त्री पुनलाई रुसी राजदूतले दिएको जवाफ उल्लेख गर्दै सचिवालय स्रोतले भन्यो,‘स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौं ।’
राजदूतको भनाइ थियो,‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ना भएका होइनन् ।’

रुसी राजदूतले अर्थमन्त्री पुनलाई सञ्चार माध्यममा आएका समाचारलाई मात्र आधार बनाएर धारणा नबनाउन आग्रह गरे ।

बन्दी साटासाट गर्ने आश्वासन

यसैवीच, रुसी राजदूत अलेक्सेईले युक्रेनमा बन्द्यी बनाइएका नेपालीहरुलाई बन्दी साटासाट गरेर रुसले उद्धार गर्न सक्ने आश्वासन अर्थमन्त्री पुनलाई दिएका छन् । उनले भेटमा भने,‘हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यहरुसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ ।’

यो पनि-
युक्रेनमा छोरो भेटिँदा पञ्चकुमारीमा जाग्यो आशा

मल र हाइड्रोमा लगानी गर्न आग्रह

राजदूतसँगको भेटमा अर्थमन्त्री पुनले नेपालमा मल कारखाना र हाइड्रोमा लगानी गर्न रुससमक्ष आग्रह गरे । नेपालले विद्युतको अन्तरराष्ट्रिय बजार सुनिश्चित गरिसकेको र स्वदेशमै मल कारखाना खोल्न चाहेको मन्त्री पुनले राजदूत अलेक्सेईलाई बताए । जवाफमा राजदूत अलेक्सेईले यसबारे आफू सकारात्मक रहेको भन्दै रुसी लगानीकर्ताहरुसँग  छलफल गर्ने बताएका थिए ।

मन्त्री पुनले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा बढी भन्दा बढी रुसी लगानीकर्ताहरु आउने वातावरण बनाइदिन राजदूतसमक्ष आग्रहसमेत गरे ।

नेपालमा लगानीको सम्भावनाबारे अध्ययन गर्न रुसको प्रतिनिधिमण्डल विहीबार नेपाल आउन लागेका बेला राजदूत अलेक्सेईले अर्थमन्त्री पुनसँग भेटवार्ता गरेका हुन् ।

भेटमा मन्त्री पुनले नेपाल र रुसवीच राम्रो सम्बन्ध रहेको बताउँदै पूर्वपश्चिम राजमार्गको एक खण्डमा रुसले सहायता गरेको स्मरण गरे ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  २ : २२ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज