काठमाडौं- नायिका पूजा शर्मा फिल्ममा प्रवेश गर्नुअघि सञ्चारकर्ममा थिइन् । भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’मा उनले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् ।
अहिले उनी सोही फिल्म प्रचारमा व्यस्त छन् । टेलिभिजनकर्मी भएर केही समय काम गरेपछि फिल्ममा लागेकी उनी अभिनय गर्न केही अध्ययन गर्नुपरेको बताउँछिन् ।
‘लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थेँ । को कसरी बोल्छ ? हेर्थेँ । कतिपय अवस्थामा युट्यूबमा पनि खोज्थेँ,’ चरित्र निर्माण तयारीबारे उनी सुनाउँछिन् ।
पूजाले यस फिल्मबाट नयाँ अध्याय सुरु गरेकी छिन् । उनी यस फिल्मको शीर्ष कलाकारसँगै निर्माता पनि हुन् ।
दोहोरो भूमिकामा काम गर्दा असहज हुने उनको अनुभव छ। भन्छिन्, ‘कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा फिल्मको सेटमा अभिनय गरिरहँदा के भयो ? कसो भयो ? भन्ने चिन्ता हुने रहेछ ।’
यी पनि…
- ‘नमेटिएको घाउ’ फ्लप भएपछि रमितको आरोप : नेताको अभिनयले बहिष्कारमा परियो
- युट्यूबमा छैनन् मुकुनका फिल्म, रहर कि बाध्यता ?
यसपछिका फिल्ममा उनको एक मात्रै जिम्मेवारी लिने योजना छ । भन्छिन्, ‘मलाई रावायणले ठूलो पाठ सिकाएको छ ।’ यस फिल्मबाट मेकरको छवि पाउने पूजाको अपेक्षा छ । साथै, आफू ‘उत्कृष्ट मेकर’ बन्ने प्रयास रहेको खुलासा गरिन् ।
‘म उत्कृष्ट मेकर बन्न चाहन्छु । त्यसकै लागि दर्शक समक्ष रावायण लैजाँदै छु । पूजाले यस्तो फिल्म दिने रहेछ भनेर दर्शकले यो पटक नै थाहा पाउनुहुन्छ । म यस फिल्ममा मेकरका रूपमा बढी केन्द्रित छु’, पूजा भन्छिन् ।
थप-