युट्यूबमा छैनन् मुकुनका फिल्म, रहर कि बाध्यता ? | Khabarhub Khabarhub

कला

युट्यूबमा छैनन् मुकुनका फिल्म, रहर कि बाध्यता ?

‘राइट्स किनेको लगानी नै उठ्दैन’


१४ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म बढी दर्शकले हेर्ने प्लाटफर्म हो– युट्यूब । निःशुल्क र इन्टरनेट पहुँच पुगेका जुनसुकै स्थानमा सहज रूपले हेर्ने पाइने भएकाले युट्यूबमा दर्शक सङ्ख्या ठूलो छ ।

आफूले रुचाएको फिल्म युट्यूबमा कहिले सार्वजनिक हुन्छन् भनेर दर्शक कुरेर बसेका पाइन्छ । कति दर्शकले त कलाकारको ‘फेसबुक वाल’ मै ‘कहिले तपाईंको फिल्म युट्यूबमा आउँछ ?’ भनेर गर्ने प्रश्नले यो कुराको पुष्टि गर्छ ।

यता, निर्माताले लगानीको ठूलो हिस्सा डिटिजल राइट्स बेचेर बचाउने गरेको पाइन्छ । राइट्स किन्नेले फिल्म युट्यूबमार्फत सार्वजनिक गर्छन् ।
फिल्म सार्वजनिक हुने ओटीटी प्लेटफर्मबारे जानकार नभएकाले एकाथरी दर्शक युट्यूबमै फिल्म पर्खन्छन् ।

विगतदेखि नै युट्यूबमा फिल्म हेर्न बानी पारेका दर्शकको सो इच्छा पनि स्वभाविक हो । यद्यपि युट्यूबमा फिल्म हाल्ने÷नहाल्ने निर्माताहरूको नितान्त व्यक्तिगत र व्यवसायिक निर्णय हो ।

अझ नयाँ निर्माताहरूको आरोप छ, ‘अग्रहरूले युट्यूबमा फिल्म हालेर दर्शकको बानी बिगार्नुभयो । युट्यूबमा फिल्म हेर्न पाएपछि हलमा आउने दर्शक घट्छन् ।’

‘बक्स अफिस’मा व्यवसायिक रूपमा असफल फिल्म युट्यूबमा दर्शकले रुचाएर हिटको सङ्ज्ञा दिएका उदाहरण पनि छन् । कलाकार र निर्माण पक्षको क्षमताले चर्चा पाएको विगत पनि छ । अर्थात् युट्यूबमा फिल्म सार्वजनिक हुँदा मेकर र कलाकार दुवैलाई एक हिसाबले फाइदा अवश्य पुग्छ ।

युट्यूबमा फिल्म नहुने नायक

सामान्यतयाः फिल्म हलमा प्रदर्शन भएको एक–दुई वर्षमा युट्यूबमा आउँछ । टिह फिल्म केही ढिला आउँछन् ।

अझ केही कलाकारको फिल्म युट्यूबमै छैन । उनीहरू ठूलो संख्याका युट्यूब दर्शकसमक्ष पुग्न पाएका छैनन् । ती मध्ये एक हुन्– अभिनेता मुकुन भुसाल ।

उनको डेब्यू फिल्म ‘बुलबुल’ सार्वजनिक भएको साढे ५ वर्ष पुग्यो । त्यसयता उनी शीर्ष भूमिकामा रहेको फिल्म झिँगेदाउ, गणपति, एैँचोपैँचो र उपहार प्रदर्शनमा आए ।

डेब्यू फिल्ममै सफलताको स्वाद चाखेका उनी युट्यूबका दर्शकमाझ भने पुग्न पाएका छैनन् । सोहीकारण दर्शकले आफूलाई बढी सोध्ने प्रश्न नै ‘युट्यूबमा फिल्म कहिले आउँछ ?’ रहेको उनी बताउँछन् ।

उनी थप्छन्, ‘विशेषगरी हलको पहुँच नभएका क्षेत्रहरूमा सुटिङमा जाँदा पनि दर्शकहरूले मलाई, तपाईंको फिल्म कहिले युट्यूबमा आउँछ ? भनेर सोध्नुहुन्छ ।’ यसरी प्रश्न सोध्न अधिकांश दर्शकलाई ओटीटी प्लेटफर्मबारे जानकारी नभएको उनले पाएका छन् ।

‘ओटीटीमा छ, हेर्नुस् न भन्दा उहाँहरूले थाहा छैन भन्नुहुन्छ,’ उनी भन्छन् । फिल्म युट्यूबमा सार्वजनिक नहुँदा ठूलो संख्याका दर्शकमाझ दूरी बढेको उनलाई महसुस भएको छ ।

थप्छन्, ‘अझ मेरो त एउटै पनि फिल्म छैन नि त ! त्यसकारण हलको पहुँच र ओटीटीबारे जानकार नभएका धेरै दर्शकले मेरा काम हेर्न पाइने रहेनछन् भन्ने चाहिँ लाग्ने रहेछ ।’

यद्यपि निर्माता र डिजिटल राइट्स किन्नेहरूको व्यवसायिक बाध्यताबारे उनी जानकार छन् ।

युट्यूबसम्म कसरी आइपुग्छ फिल्म ?

केही निर्माताहरू युट्यूबमा निःशुल्क फिल्म हेर्न दिनुहुँदैन भन्ने पक्षमा छन् ।

बुलबुलका निर्माता अविरल थापा भन्छन्, ‘दर्शकले ओटीटीबारे जानकारी गराउनुपर्छ र सहज पहुँचमा फिल्म हेर्न पाउनुपर्छ । युट्यूबमा निःशुल्क हेर्ने बानी बस्यो भने दर्शक हलसम्म आउनुहुँदैन । त्यसले निर्माताहरू मर्कामा पर्छन् ।’

तर, डिजिटल राइटस् बेचेका थुप्रै हिट फिल्महरू प्रदर्शनको लामो मितिसम्म पनि युट्यूबमा आएका छैनन् । फिल्म प्रदर्शन भएको तीन महिनापछि डिजिटल राइट्स किन्नेले विभिन्न प्लार्टफर्ममा सार्वजनिक गर्ने अभ्यास रहेको ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल बताउँछन् ।

उनका अनुसार प्रदर्शनको तीन महिनापछि भने राइट्स क्रेताले युट्यूब र विभिन्न ओटीटी प्लटफर्म राख्न पाउने अभ्यास छ । राइट्स क्रेताको व्यवसायिक बाध्यताका कारण केही फिल्म युट्यूबमा ढिलो सार्वजनिक हुने गरेको उनको बुझाइ छ ।

‘युट्यूबमा हालेको फिल्म पैसा तिरेर हेर्ने विभिन्न ओटीटी प्लार्टफर्महरूमा राख्ने प्रचलन छैन । यसकारण पनि ढिला हुने भयो,’ उनी भन्छन्, ‘युट्यूबबाट राइट्स किन्न लगानी गरेको रकम नै उठ्दैन, विज्ञापन खोज्नुपर्छ । यसको लागि समय लाग्छ । यी दुई कारणले युट्यूबमा फिल्म ढिलो आउने गरेको हो ।’

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ८ : १९ बजे

आफूलाई कारबाही गरेर देखाउन एमाले नेता भीम रावलको चुनौती

काठमाडौं-  नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कार्वाही गरेर

समस्या ‘थ्रेसहोल्ड’मा छैन, पुराना दलमा छ

संविधान संशोधनको विषय उठिसकेको छ । राजनीतिक रूपमा जे जस्तो

चक्रकुण्ड ताल

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्री सतहदेखि पाँच हजार मिटर

गर्भ जचाउनोस्, एक क्रेट अण्डा लैजानोस्!

कास्की- रुपा गाउँपालिकाले स्वास्थ्य संस्थामा परीक्षणमा आउने गर्भवतीलाई प्रत्येक पटक

आत्महत्या : कथन परिवर्तन गरौं

काठमाडौं- घरमा बुवाआमाको दैनिक झगडा  र कचकच देखेर विचलित भएकी