मनोरञ्जन

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

By खबरहब

February 04, 2024

काठमाडौं – मेनुका पौडेल भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो ।

मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।

‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ सांगीतिक यात्राको पनि भर्खर सुरु भएको छ । पहिले भन्दा अझै सक्रिय हुनेछु । यो मेरो सुरुवात हो, अन्त्य होइन’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । यो अवधीमा मेनुकाले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा  चिकित्सकहरुले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए ।

झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुकाको गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान बनाएको थियो ।

यो पनि…