बलिउडको जङ्गलमा नेपाल आइडलकी ‘कोइली’ | Khabarhub Khabarhub

बलिउडको जङ्गलमा नेपाल आइडलकी ‘कोइली’

देशको गरिमा बढाउने नेपालकी छोरी मेनुकाको संघर्षको कथा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुका पौडेलले भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’मा तहल्का मच्चाइरहेकी छन् ।

जन्मजात आँखा देख्न नसक्ने मेनुकाले आफ्नो गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान पाएकी छन् । उनलाई यस कार्यक्रमको फाइनललिस्टका रुपमा धेरैले आकलन गरेका छन् ।

मनुकाले आफ्नो प्रतिभाले बलिउडका वरिष्ठ कलाकार र निर्देशकलाई समेत नतमस्क बनाएकी छिन् । प्रस्तुतिपछि अभिनेता रणवीर कपुरले त उनका खुट्टा छोएर भने– तपाईं संगीतकी देवी हो ।

योसँगै मेनुकाले बलिउड फिल्मका लागि गीत गाउने अवसर पनि पाएकी छिन् ।

को हुन् मेनुका ?

झापाको हल्दिबारीमा जन्मिएकी मेनुका २५ वर्षकी भइन् । उनका दुई बहिनी छन् । आर्थिक अवस्था कमजोर भएका कारण बुबा वैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।

मेनुका पढेको स्कुलका शिक्षक खिलप्रसाद सिवाकोटीका अनुसार उनीहरुको कोठेबारी र सानो घर छ । उनी थप्छन्- आर्थिक हैसियत राम्रो भएको भए बुबा विदेश जानै पर्दैनथ्यो ।

झापाको दुर्गा माध्यमिक विद्यालयमा २०६५ सालमा भर्ना भएदेखि मेनुकाको गायन यात्राले गति लिएको हो । त्यसबेलाको स्मरण गर्दै शिक्षक सिवाकोटी भन्छन्, ‘भर्ना गर्न आमाले लिएर आउनुभएको थियो । गीत गाउ त नानी भन्दा उनले भजन सुनाएकी थिइन् ।

मेनुकाले गाएको भजनले मन छोएका कारण उनलाई हार्मोनियमको व्यवस्था गरिदिएको सिवाकोटी सुनाउँछन् । लगत्तै मेनुकाले हार्मोनियम सिकाउने जनशक्ति पनि पाइन् ।

स्कुलले छुट्टै ‘पार्ट टाइम’ कर्मचारी राखिदियो । आर्थिक संकटबाट गुज्रदाँ पनि उनलाई विद्यालयले संगीत सिक्ने वातारण मिलाइदिएको सिवाकोटी स्मरण गर्छन् ।

उनी भन्छन्, ‘त्यसबेला मेनुकाजस्तै फरक क्षमताका बालवालिका पढ्ने विशेष स्कुलमा मासिक १६ सय रुपैयाँका दरले बजेट आउँथ्यो । खाने, पढ्ने, औषधोपचार र उनीहरुको हेरचाह गर्ने कर्मचारी सबैलाई त्यसैले पुर्‍याउनुपर्थ्यो । मेनुकालाई त्यस्तो अवस्थामा पनि स्कुलले संगीत सिक्ने वातावरण मिलाइदियो ।’

संगीतमा मेनुकाको लगनशीलता आश्र्चयजनक थियो । उनले आफूलाई निर्खादै गइन् । उनी ०७२ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा प्रथम भइन् ।

नेपाल आइडलकी ‘कोइली’

मेनुका नेपाल आइडलको पहिलो सिजनकी प्रतिस्पर्धी हुन् । अडिसनमा उनलाई ‘जज’ (निर्णायक) न्हु बज्राचार्यले लामै जाँच लिएर सहभागी गराएका थिए । सहभागीको कार्ड दिँदै बज्राचार्यले भनेका थिए, ‘धेरै मिहेनत गरेर प्रतिस्पर्धामा आउनू ।’

बज्राचार्यले अर्की निर्णायक इन्दिरा जोशीलाई मेनुकाको गायनको प्राविधिक कमजोरीबारे पूरा बोल्नै नदिई प्रतिस्पर्धामा सहभागी भएको कार्ड उनका हातमा थमाइदिएका थिए ।

नभन्दै त्यस प्रतियोगितामा उनी खारिएर आइन् । टप ११ सम्मको यात्रा तय गरिन् । त्यसबेलासम्म उनी आफ्नो गायन प्रस्तुतिका कारण ‘नेपाल आइडलकी कोइली’ भनेर परिचित भइन् । तर, टप १० मा भने जान सकिनन् ।

मेनुका त्यसबेला दर्शकले कम भोट दिएका कारण बाहिरिन् । बाहिरिनुअघि शोकी होस्ट रिमा विश्वकर्माले भनेकी थिइन्, ‘मेनुकाले राम्रो संगीतिक प्रस्तुती दिएका कारण नेपाल आइडलको मञ्चको कोइलीको उपमा पाउनुभएको छ ।’

बलिउडको संघर्ष

मेनुका नेपाल आइडल बन्न त सकिनन् तर उनले आफ्नो प्रतिभालाई उजागर गर्ने अवसर त्यहीँ मञ्चले दियो । फरक क्षमतासहित उत्कृष्ट गायन प्रतिभा भएकाले उनलाई धेरै गीतको अफर आए ।

उनले चलचित्र लिलिबिलीको गीत लगायत दर्जनौं गीतमा स्वर दिएकी छन् । उनका केही गीत सुपरहिटसमेत बनेका छन् ।

सानैदेखि बलिउड फिल्मका गीत सुन्दै आफ्नो गायनलाई अगाडि बढाएकी मेनुकाले आफ्नो प्रतिभालाई सानो नेपाली बजारमा मात्रै सीमित गर्न चाहिनन् । उनी सन् २०१८ को भारतको चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा सहभागी भइन् ।

त्यसबेला टप-१३ मा उनको प्रस्तुती हेरेपछि नायिका प्रिती जिन्टाले खुलेर तारिफ गरेकी थिइन् । प्रितीले भनेकी थिइन्, ‘तपाईंको जत्ति नै तारिफ गरे पनि कम छ । तपाईंको प्रस्तुति असाधारण छ ।’

मेनुका सारेगमपमा जाँदा नेपालमा भने राम्रै चर्चा भयो । तर, भारतमा उनी कुहिरोको काग बनिन् । त्यहाँ पनि उनी टप-११ बाट अगाडि बढ्न सकिनन् । त्यसबेला उल्लेखनीय पमा चर्चा नकमाए पनि शोमा उनले ‘नेपाली गुडिया’ उपनाम पाएकी थिइन् ।

यसबारे उनका शिक्षक सिवाकोेटी भन्छन्, ‘ उनलाई सारेगमपमा जाँदा हाम्रा युटुबे र फेसबुकेहरुले बिताइदिए । देशसँग जोडिएका विवादित विषयमा अराजक भिडियो बनाउँदा मेनुकालाई अगाडि बढ्न गाह्रो भयो । यो कुरा पनि शोको टिमले हेर्दोरहेछ ।’

इन्डियन आइडलमा चर्चा

सारेगमपबाट बाहिरिएर नेपाल आएपछि मेनुकाले धेरैवटा गीतमा आवाज दिइन् । केही फिल्मका गीतमा पनि काम गरिन् । तर, उनले आफ्नो प्रतिभालाई नेपाली बजारमा मात्रै सीमित गर्न चाहिनन् । उनी मुम्बई गइन् ।

शिक्षक सिवाकोटीका अनुसार मेनुकाले भारतमा रहँदा सत्य साई आश्रममा बसेर भजन गाउन थालिन् । अहिले सोही आश्रमका सदस्यहरुले उनलाई प्रतियोगितमा लगेका हुन् ।

सिवाकोटी भन्छन्, ‘प्रतियोगितमा अनुबन्धित भएपछि आइपर्न सक्ने जोखिमका लागि अर्को व्यक्ति ग्यारेन्टी बस्नुपर्ने हुँदोरहेछ । त्यसको जिम्मेवारी सोही आश्रमकी एक महिलाले लिनुभएको छ ।’

यसरी प्रतियोगिमामा सहभागी भएकी मेनुका अहिले सबैभन्दा बढी चर्चामा आएकी प्रतियोगी छन् । उनले अडिसन राउन्डमा गोल्डेन माइक जितेर टप –१५ मा स्थान बनाइसकेकी छन ।

यससँगै उनको भारतमा पनि चर्चा चुलिँदो छ । उनले दर्शक मात्र होइन, स्थापित कलाकारलाई समेत आफ्नो प्रतिभाले लठ्याएकी छन् ।

मेनुकाले भारतमा चर्चित निर्देशक महेश भट्टबाट पनि तारिफ पाएकी छन् । निर्देशक भट्ट उपस्थित रहेको एक एपिसोडमा फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निकला’ गाएकी थिइन् ।

उक्त प्रस्तुतीपछि भट्टले मेनुकालाई अंकमाल गर्दै भनेका थिए, ‘मलाई आज थाहा भएको छ, एउटा आँखा हृदयमा पनि हुन्छ, जसबाट संसार देख्न सकिन्छ । छोरी तिमीले जुन चन्द्रमा देखेकी छौ, त्यो मैले कहिल्यै देखेको छैन ।’

मेनुका अहिलेको अवस्थामा आइपुग्न उनको सुरुवाती दिनमा स्थानीय समाजसेवी भीष्म न्यौपाने, संगीत गुरु कुशेश्वर राई र अनिल फागोको महत्वपूर्ण भूमिका रहेको सिवाकोटी बताउँछन् ।

बलिउड फिल्ममा कामको अफर

प्रतियोगितामा सहभागी भइरहँदा बाहिरबाट कामका लागि अफर आउनु प्रतिस्पर्धीका लागि ठूलो कुरा हो । अझ जन्मजात आँखा नदेख्ने, गाउँमा जन्मे-हुर्केकी मेनुका लागि झन् विशेष हुन सक्छ ।

यो कुरा गायनमा लाग्ने अन्यका लागि उदाहरणमात्र होइन प्रेरणादायी पक्ष हो । चर्चाकै माझ मेनुकाले बलिउड फिल्म ‘सलार’मा पनि स्वर दिने अवसर पाइएकी छन् । उनले सोही कार्यक्रममा आफूले गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन् ।

उनले चर्चित संगीतकार रवि बसरुको संगीतमा सो चलचित्रको गीतमा स्वर दिएकी हुन् । उनले आफूले गीतको अवसर पाउँदा ज्यादै खुसी भएको समेत बताएकी छिन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ५८ बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर