राजनीति

सरकारमा सहभागी हुन माधवलाई प्रचण्डको प्रस्ताव

By खबरहब

March 04, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । सोमबार प्रचण्डले माधवलाई उनकै निवास कोटेश्वर पुगेर भेटेका हुन् ।

भेटमा प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । जवाफमा माधवले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

‘ प्रधानमन्त्रीले अध्यक्षको स्वास्थ्यलाभको कामनो गर्नुभयो । उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाको विषयमा पनि सामान्य कुराकानी भयो । प्रचण्डले नयाँ समीकरणबारे जानकारी दिँदै सरकारमा आउनुस, मिलेर अघि बढौं भन्ने आग्रह गर्नुभएको थियो ’ समाजवादीका एक नेताले बताए ।

अध्यक्ष नेपाल सुगर प्रेसर र मौसमी रुघाखोकीबाट पीडित भएर आराम गरिरहेको बुझिएको छ ।

याे पनि…

पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी ‘पर्ख र हेर’ को मुडमा