पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी 'पर्ख र हेर' को मुडमा | Khabarhub Khabarhub

पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी ‘पर्ख र हेर’ को मुडमा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले चालेका कदमबारे गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको समाजवादीको आकस्मिक सचिवालय बैठकले प्रधानमन्त्रीको कदम अप्रत्याशित भएको निष्कर्ष निकाल्दै गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिडाले जानकारी दिए ।

नयाँ समीकरणको उदेश्य,प्रक्रिया र संरचना अझै स्पष्ट नभएको भन्दै प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाबारेमा सबै विषय अगाडी आएपछि गुण दोषका आधारमा आफ्ना नीतिहरु स्पष्ट पार्ने प्रवक्ता खतिवडाले बताए । उनले प्रधानमन्त्रीको कदमले मुलुकमा अन्यौल देखिएको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नयाँ घटनाक्रमपछि पार्टी ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएका छन्  । उनले आफ्ना पार्टी स्वतन्त्र र क्रान्तिकारी भएकाले मुलुकमा समाजवादी क्रान्ति लागू गर्न लागिपरेको र यसका लागि वामपन्थी एकतामा जोड दिने बताए । अहिले अरु पार्टीको बारेमा टिकाटिप्पणी नगर्ने उनको भनाइ छ ।

त्यस्तै उनले अहिलेको अवस्थामा पुरानो गठबन्धन टुटिसकेकाले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु बिदा भएर आउने जिकिर गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ५२ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं