समाचार

भारतसँग भएको २० करोड लगानीसम्बन्धी सम्झौतामा मसालको आपत्ति

By खबरहब

January 05, 2024

काठमाडौं– भारतसँग नेपालले गरेको उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै नेकपा मसालले आपत्ति जनाएको छ ।

भारतले २० करोडसम्मका परियोजनामा सिधै लगानी गर्न पाउने सम्झौताबाट नेपालको सार्वभौमिकता स्वतन्त्रता र राष्ट्रियतामाथि गम्भीर आँच पुगेको मसालका प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

‘विकास योजनाको लगानी र खर्च सम्बन्धीको अधिकार नेपालको आन्तरिक मामिला हो र उक्त मामिलामा भारतलाई हस्तक्षेप गर्नका लागि सहमति गर्नु भारतको प्रभावलाई कायम गर्नु हो, विज्ञप्तिमा भनिएको छ ।

यो पनि…

बजेट माग्दै अर्थ मन्त्रालयले भारतीय दूताबासमा ‘अनुरोध’ गर्ने

प्रचण्ड सरकारले राष्ट्रहित विपरीत सम्झौता गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल