प्रचण्ड सरकारले राष्ट्रहित विपरीत सम्झौता गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल | Khabarhub Khabarhub

प्रचण्ड सरकारले राष्ट्रहित विपरीत सम्झौता गर्‍यो : पूर्वप्रधानमन्त्री खनाल

सम्झौता सच्याएर माफी नमागे आन्दोलनमा उत्रने चेतावनी


२० पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल एकीकृत समाजवादीका नेता झलनाथ खनालले भारतसँग भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’ सम्बन्धी सम्झौता लज्जाजनक भएको भन्दै आपत्ति जनाएका छन् ।

खनालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना का नाममा एउटा आश्चर्यजनक सम्झौता भएको छ । त्यो सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपालस्थित राजदुतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका लागि यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो ।’
सरकारले सो सम्झौता नसच्याए जनता सडकमा उत्रन बाध्य हुने खनालले चेतावनी समेत दिएका छन् ।

सत्तारुढ दलका नेता खनालले भनेका छन्- यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु 

सत्तारुढ दलका नेता खनालले विज्ञप्तिमा भनेका छन्, ‘यो लापरवाहीपूर्ण र राष्ट्रहित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु ।’

विगत पञ्चायतकालदेखि नै गौरवमय मातृभूमिको स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित बनाउने षड्यन्त्रहरू हुँदै आएको बताउँदै खनालले भनेका छन्, ‘२०४६ सालको परिवर्तनपछि पनि त्यसलाई जारी नै राखियो । ०६२–६३ को जनक्रान्तिपछि यस्ता कुरालाई समग्र रुपमा नै सच्याउनुपर्ने आवश्यकता थियो । वामपन्थी नेता कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेलामा त्यस्ता कुरा सच्चाइने छन् कि भन्ने आश जनताले गरेका थिए तर ती समस्त देशभक्त जनताको भावना, चाहना र अपेक्षालाई कुल्चिदै वहाँकै नेतृत्वको गठबन्धन सरकारले एउटा विदेशी राजदुतावासलाई सोझै २० करोडका योजनाहरू लागू गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ ।’

पूर्वप्रधानमन्त्री खनाल भन्छन्, ‘देश र जनताको विकासका निम्ति कहाँ कस्तो र कत्रो बजेट दिनुपर्छ त्यो पूर्ण रुपले नेपालको आन्तरिक अधिकारको कुरा हो । कुनै पनि देशका दूतावासलाई नेपालमा योजना र परियोजनाहरू मा सोझै रकम बाँड्ने अधिकार हुँदैन र त्यस्तो अधिकार कसैलाई पनि दिन सकिन्न ।’

खनालको वक्तव्यमा भनिएको छ, ‘उक्त राष्ट्रघाती सम्झौतालाई तुरुन्त रद्द गरियोस, नेपाली जनताका सामु माफी मागियोस् र नेपाल र नेपाली जनताको स्वतन्त्र र सार्बभौम अधिकारको रक्षा गरियोस् । अन्यथा नेपाली जनता सरकारका विरुद्ध सडकमा उत्रिन बाध्य हुनेछन् ।’

हेनुहोस् विज्ञप्ति

 

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  १० : १७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर