राजनीति

राष्ट्रपतिले मनोनीत गर्ने सिटमा गठबन्धनले जनमोर्चाकी दुर्गा पौडेललाई पठाउने !

By खबरहब

January 07, 2024

काठमाडौँ– राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने सदस्यमा गठबन्धन दलबीच छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको राष्ट्रियसभामा सिट बाँडफाँडको छलफलमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने छलफल भएको हो । यद्यपि यसको टुंगो भने लागि सकेको छैन ।

राष्ट्रिय सभामा १९ सिट मध्ये आफूलाई पनि एक सिट चाहिने राष्ट्रिय जनमोर्चाले अडान राखेपछि सो विषयमा छलफल भएको हो ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने एकसहित २० सदस्यको पद फागुन २१ गतेबाट सकिँदैछ ।

यो पनि… गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग