गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग | Khabarhub Khabarhub

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धमा सिटको छिनोफानो गर्न सकस भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका चार दलको बैठकमा राष्ट्रियसभामा खाली हुने १९ सिटका लागि छलफल भए पनि निचोडमा पुग्न सकेको छैन ।

आजको छलफलमा कांग्रेसलाई १०, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई २ र जनता समाजवादी पार्टी (जसपा) लाई १ सिट बाँड्ने खाका तयार भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । तर यो भागबन्डाबारे पार्टीमा पुनः एक पटक छलफल गरेर निर्णय लिने बताइएको छ ।

गठबन्धनको प्रारम्भिक बैठकका नागरिक उन्मुक्ति पार्टी र जनमतलाई १–१ सिट दिने सहमति भएको थियो । तर अन्य दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले पनि सिट मागेपछि काङ्ग्रेसले अडान लिएको हो ।

स्रोतका अनुसार राजमोलाई मनोनीत सांसद दिने पनि छलफल भएको छ । राजमोकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने छलफल चलेको छ ।

माओवादीका महासचिव देव गुरुले भने, ‘खाका बनेको छ । पार्टीमा पनि अन्य साथीहरूसँग सल्लाह गर्नु भनेर दलहरूलाई भनिएको छ ।’ गुरुङले थपे, ‘मिलाउने काम भइरहेको छ । फाइनल निर्णय भएको होइन ।  सहमति कै प्रक्रियामा छ ।’

यसैबीच, सिट नपुगेको भन्दै नेकपा एकीकृत समाजवादी र जसपा बैठक स्थलबाट बाहिरिएका छन् । नेकपा समाजवादीले ३ सिट मागेको छ भने जसपाले २ सिट मागेको छ । 

गठबन्धनमा समाजवादीलाई २ र जसपालाई १ सिट आफ्नो भागको मात्र दिने प्रारम्भिक निर्णय भएपछि असहमति जनाएर बैठकबाट निस्किएका हुन् ।

यस्तै, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि असहति जनाउँदै भने, ‘मिल्ने कुरा भए पो मिल्नु ।’

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १२ : ३७ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः