फाइल तस्वीर

देश/प्रदेश

त्रिभुवन विमानस्थलको सुरक्षा जिम्मेवारी पोखरेललाई

By खबरहब

February 09, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा रहेका पोखरेललाई गृहमन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको हो ।

यसअघि विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो ।

केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो ।

सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि उनले राजीनामा फिर्ता लिएर काममा फर्कने बताएका थिए ।

यो पनि…

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)